१५ बैशाख, काठमाण्डौ । काठमाण्डौ महानगरले विपन्न कोरोना सङ्क्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ ।
महानगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न ठूला वडालाई एक लाख रुपियाँ, मझौला वडालाई ७५ हजार रुपियाँ र साना वडालाई ५० हजार रुपियाँसम्म निकासा पठाउने निर्णय गरेको छ ।
यसैगरी समुदायस्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको काठमाण्डौ महानगरपालिकाले जानकारी दिएको छ ।
यस्तै, महानगरले कोरोना सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पु¥याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।