कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन सदस्य मतदान गर्नबाट बञ्चित हुने

२६ फागुन ७४, आइतबार

काठमाडौ, फागुन २७
निर्वाचन आयोगले कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानुनी अडचनका कारण राष्ट्रियसभाका ३ जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको प्रष्टएका हुन् ।

आइतबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै उनले राष्ट्रियसभाका ३ जना सांसदहरुले सपथ गर्नु अघि नै राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरिएकाले अव त्यसमा थप गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारे ।

Advertisement

उनले राष्ट्रपति निर्वाचन कानुन संशोधन गर्न पनि राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएपछि मात्रै राष्ट्रिय सभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईले सपथ लिएकाले उनीहरु तीनै जनाले राष्ट्रपति निर्वाचनमा मत हाल्न नपाउने कानुनी व्यवस्था छ ।

आगामी मंगलबार हुने राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका ८ सय ८१ जना सांसदहरुले मतदान गर्नेछन ।

Advertisement

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिदिन पनि राजनीतिक दलहरुसँग आग्रह गरेको छ । निर्वाचनको मिति कानुनमै तोके निर्वाचनमा खर्च कम हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top