कामचलाउ सरकारले बाँड्यो साढे १६ करोड

३० पुस ७४, सोमबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ ।

नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते गरी ८ सय ७३ जनालाई राज्यको ढुकुटीबाट १६ करोड ५३ लाख ५० हजार रुपैयाँ बाँडेको पाइएको छ ।

सरकारले मंसिर २५ गते ५ सय २८ जनालाई १० करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसको १७ दिनपछि पुस १३ गते सरकारले थप ३ सय ४५ जनालाई ६ करोड ५३ लाख ५० हजार रुपैयाँ आर्थिक सहायतास्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

Advertisement

यो सहित बितेको पाँच महिनामा देउवा सरकारले दलका नेता कार्यकर्तालाई आर्थिक सहायता नाममा ३२ करोड ३१ लाख रुपैयाँ वितरण गरिसकेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top