कारागारमा क्षमताभन्दा ६३% धेरै कैदीबन्दी: कैदी बढे कारागार बढेन

६ पुस ७४, शुक्रबार

कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ । कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ, तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ । यो संख्या क्षमताभन्दा ६३ प्रतिशतले धेरै हो । करागारको क्षमता बढाउन नसकिएपछि बन्दी व्यवस्थापनमा समस्या देखिएको छ ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले कारागारको क्षमता वृद्धि हुन नसक्दा विभिन्न समस्या देखिएको बताए । ‘छिटफुटबाहेक कारगारको क्षमता वृद्धि गर्न सकिएको छैन । कैदीबन्दीको संख्या भने दैनिक बढ्दो छ । यसले व्यवस्थापनमा ठूलो समस्या निम्तिएको छ,’ उनले भने । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

कुन वर्षमा कति कैदीबन्दी बढे ?
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९-७० मा १५ हजार दुई सय कैदीबन्दी थिए । त्यो संख्या बढेर आव ०७०-७१ मा १६ हजार पाँच सय पुग्यो । आव ०७१-७२ मा १७ हजार चार सय, आव ०७२-७३ मा १७ हजार सात सय र अहिले मुलुकभर १८ हजार पाँच सय कैदीबन्दी छन् । पाँच वर्षयताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक वर्ष कैदीबन्दीको संख्या एक हजारका दरले बढेको देखिन्छ । तर, करागारको क्षमता भने ०५० देखि बढाउन सकिएको छैन ।

Advertisement

२४ वर्षदेखि कारागारको संख्या बढेन
०५० मा ७२ जिल्लामा ७४ कारागार थिए । त्यो संख्यामा अहिलेसम्म कुनै परिवर्तन हुन सकेको छैन । ‘मुलुकमा अपराधको घटना बढेका छन् । कैदीबन्दीको संख्या बढ्नु स्वाभाविकै हो । सरदरमा प्रत्येक वर्ष एक हजारको संख्यामा कैदीबन्दी बढेको देखिन्छ । तर, कारागारको संख्या जतिको त्यति छ, केही ठाउँका कारागारको क्षमता बृद्धि भए पनि त्यो पर्याप्त छैन,’ उनले भने । कारागार ऐन ०१९ को दफा ६ अनुसार रोगी, देवानी, फौजदारी मुद्दा लागेका पागल, अर्धपागल, महिला र अन्य कैदीबन्दी छुटाछुट्टै राखिनुपर्ने व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top