कालापानी नजिकै नेपाल प्रहरीको आधुनिक भवन निर्माण हुने

९ असार ७७, बुधबार

१० असार, धनगढी ।
भारतको कब्जामा रहेको नेपाली भूमि दार्चुलाको कालापानी नजिकै नेपाल प्रहरीको आधुनिक भवन निर्माण हुने भएको छ।

व्यास गाउँपालिका १ छाङरुस्थित सीतापुलमा प्रहरी चौकीको आधुनिक भवन निर्माण हुन लागेको हो। उक्त भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। भारतीय फौज बसेको कालापानी र सीतापुलको दुरी १० किलोमिटर छ।

सीतापुलमा भवन निर्माणका लागि प्रहरी प्रधान कार्यालयले प्राविधिक टोली खटाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले कालापानी क्षेत्रको नेपाली गाउँ छाङरुको सीतापुल प्रहरीको आधुनिक भवन बनाउने प्रक्रिया सुरु भएको बताए।

Advertisement

सीतापुलमा प्रहरी भवन जिर्ण अवस्थामा छ। यहाँ ६ महिनामात्रै वर्षायाममा प्रहरी खटिन्छ। हिउँद लागेपछि तल सदरमुकामतिर झर्छ। अब बाह्रै महिना प्रहरी बस्ने गरी आधुनिक संरचना बन्ने प्रक्रिया अघि बढेको डीआईजी सुवेदीले जानकारी दिए।

उनका अनुसार सीतापुलमा बन्ने प्रहरी चौकी भवनको डीपीआर तयार पार्न डीएसपीको नेतृत्वमा केन्द्रबाट प्राविधिक टोली धनगढी पुगिसकेको छ। छाङरुमा यसअघि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भइसकेको छ। बाह्रै महिना बस्ने गरी सशस्त्रको वेश क्याम्प राखिँदैछ।

Advertisement

त्यसका लागि भौतिक संरचना निर्माणको कार्य अघि बढेका बेला नेपाल प्रहरीको आधुनिक भवन निर्माण प्रक्रिया अगाडि बढाइएको हो। प्राविधिक टोलीले सीतापुलको भवनसहित अन्यत्रको भवनको पनि अध्ययन गरिरहेको छ। छाङरुमा बन्न लागेको सशस्त्र प्रहरी वेश क्याम्पको संरचनाको प्रकृति पनि अध्ययन गरिरहेको छ।

सो टोलीले त्यहाँको वातावरण सुहाउँदो संरचना निर्माणका लागि खाका तयार पार्नेछ। ‘कस्तो सामग्री प्रयोग गर्ने, कस्तो डिजाइन बनाउने भन्ने टुंगो लगाउन हेडक्वार्टरबाट डीएसपीको कमाण्डमा टेक्निकल टिम आएको छ। यो टोलीले डिपीआर बनाउँछ। साउनमा टेण्डर भएर निर्माण कार्य पनि सुरु हुन्छ।

२ वर्षभित्र भवन बनिसक्छ,’ डीआईजी सुवेदीले भने। भवन निर्माणपछि छाङरुमा उपस्थिति अझै बलियो हुने उनको विश्वास छ। डीआईजी सुवेदीले प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्रका आईजीपी शैलेन्द्र खनालसँग हेलिकोप्टरमा छाङरु पुगेर हालैमात्र प्रहरी चौकीको निरीक्षण गरेका थिए।

छाङरुमा यातायातको सुविधा आवश्यक रहेको र नेपाली सेनाले ट्रयाक खोलेपछि सुरक्षा चुनौतीमा सहज हुने उनको भनाई छ। प्रदेश प्रहरी प्रमुख सुवेदीका अनुसार सीतापुलसहित प्रदेशभर २१ वटा प्रहरी इकाईको संरचना बनाउन प्रदेश सरकारले बजेट दिएको छ।

सीतापुलबाहेक अन्य संरचनाका लागि भने असोजसम्म सबै टेण्डर भइसक्ने छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top