काेराेनाका गम्भीर बिरामी टेकुमा भर्ना हुन ५० हजार धरौटी, १५ हजार दैनिक चार्ज

१६ कात्तिक, काठमाडौँ।

सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका लागि सङ्क्रमितको लागि उपचार खर्च तोकिएको बताए। “पहिले सरकारले नै उपचार खर्च दिने गरेको थियो र हामीले पनि निःशुल्क उपचार गराउँदै आएका थियौँ”, उनले भने, “हाल लक्षित समूहबाट अरू सवैबाट उपचार खर्च नदिने भएपछि हामीले पनि संस्था चलाउनका लागि उपचार खर्च लिने निर्णय गरेका हौँ ।”

Advertisement

सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो । ती बाहेकका बिरामीको शुल्क लिने निर्णय सरकारले गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई पत्र लेखी गत शुक्रबार (कात्तिक १४) बाट लागू हुने गरी लक्षित समूहबाहेक सबैसँग उपचार खर्च लिन पत्राचार गरेको थियो । अस्पतालका अनुसार कोभिड–१९ का सङ्क्रमित जटिल भएको अवस्थामा भेन्टिलेटरसहित सघन उपचार कक्षमा दैनिक उपचार खर्च १५ हजार तथा धरौती ५० हजार, भेन्टिलेटरमा उपचार गर्दा सात हजार ५००, मध्यम जटिल बिरामीलाई क्याबिन आइसोलेसनमा राख्दा सात हजार ५०० र मध्यम जटिल बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राख्दा रु तीन हजार ५०० दैनिक खर्च राखेको छ ।

Advertisement

यस्तै, जटिल र मध्यम बिरामीलाई अवस्था हेरेर २० हजारदेखि ३० हजारसम्म धरौटीसम्म राख्न भनिएको छ । अस्पतालले विपन्न, गरिब, ज्येष्ठ नागरिक, अतिअपाङ्गता, अशक्त, एकल महिलालाई भने अस्पतालका प्रमुख कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णय बिरामीको आर्थिक अवस्था, औचित्य र आवश्यकताका आधारमा उपचार शुल्कमा १० देखि शतप्रतिशत छुट दिइने जनाएको छ । एकमात्र सरुवा रोग अस्पतालका रुपमा रहेको उक्त अस्पतालले कोभिड–१९ का सङ्क्रमितको शुरुदेखि नै उपचार निःशुल्क गर्दै आइरहेको थियो । अस्पतालका निर्देशक डा राजभण्डारीले शुल्क लिने निर्णय पुनः विचार गर्न मन्त्रालयसँग आग्रह गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top