किरण चेम्जोङ ‘एएफसी प्लेयर अफ दि विक’

२३ चैत्र, विराटनगर ।
राष्ट्रिय फुटबल टोलीका क्याप्टेन तथा गोलकिपर किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय टोलीलाई पहिलो उपाधि दिलाएका किरण चेम्जोङ साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी)को अनलाइन मत सर्वेक्षण ‘एएफसी इन्टरनेसनल प्लेअर अफ दी विक’मा चेम्जोङ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

Advertisement

एएफसीले मत सर्वेक्षणका लागि आफ्नो वेबसाइटमा १० जना खेलाडीको नाम राखेको थियो । त्यसमध्ये ५५.६९ प्रतिशत मत प्राप्त गर्दै चेम्जोङ उत्कृष्ट खेलाडी घोषणा गरिएका हुन् ।

यसमा साउदी अरेबियाका सलेह अल–सेहेरीले दोस्रो स्थानमा छन् । उनले २०.७२ प्रतिशत मत पाएका छन् । त्यस्तै, इराकका अल अली हवई तेस्रो भएका छन् ।

Advertisement

उनले १०.१६ प्रतिशत मत पाएका छन् । एएफसी इन्टरनेसनल प्लेअर अफ दी विक बनेका किरणको कप्तानीमा गत साता नेपालले बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

थ्री नेसन्सकप कपमा ३ खेलमा २ क्लिन सिट राखेका किरणले फाइनलमा १ गोलको सामना गरेका थिए । नेपाले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको थियो ।

सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको सागमा स्वर्ण पदक जितेको थियो । त्यसयता राष्ट्रिय टोलीले दशरथ रंगशालमा जितेको यो पहिलो उपाधि हो ।

१९९९ मा आठौं सागको फाइनल पुगेपनि नेपाली टोली उपाधि जित्न असफल भएको थियो । आई लिग टोली राउन्ड ग्लास पञ्जाबबाट व्यवसायिक फुटबल खेल्दै आएका किरण थ्री नेसन्स कपका लागि एक खेल अघि नै स्वदेश फर्केका थिए ।

पञ्जाब चौथो स्थानमा रहेपनि किरण आई लिगकै उत्कृष्ट खेलाडी चुनिएका थिए । एएफसीले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो ।

त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए भने उपाधि जित्ने पनि पहिलो खेलाडी बनेका छन् ।

किरणले एसियाकै साताको उत्कृष्ट खेलाडीको अवार्ड जित्नु खुसीको विषय भएको जनाएका छन् । ‘यो वर्ष मेरो लागि भाग्यमानी सावित भएको छ । म एकदमै गौरवान्वित छु ।

नेपालको इतिहासमै यो पहिलो पटक मनोनयनमा परेको र जितेको हो । यो हाम्रो लागि उपलब्धि हो र गर्वको क्षणसमेत हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top