किर्गिजस्तानको संसदद्वारा संकटकाल घोषणाकाे अनुमोदन

२७ असोज ७७, बुधबार

२८ असाेज, मस्को।

किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ । हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानीसहित देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गरेका थिए।

राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संकटकालीन आदेश जारी गरेका थिए, तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो । सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गरेका थिए र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो । किर्गिजस्तानका राष्ट्रपतिको राजीनामा माग्दै राजधानी विश्केकसहित धेरै स्थानमा हिंसात्मक विरोध प्रदर्शन भएका छन् । गत अक्टोबर ४ मा सम्पन्न संसदको चुनावमा सत्तारुढ दलले नै चुनाव जितेको घोषणा गरेलगत्तै विपक्षीहरुले चुनावमा धाँधली भएको भन्दै विरोध शुरु गरेका थिए ।

प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा समेत आक्रमण गरेका थिए । मतपरिणाम सार्वजनिक भएलगत्तै भड्किएको जुलुसले ११ वर्षे जेल जीवन बिताइरहेका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभलाई जेलमुक्त गरेका थिए । उनीमाथि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा जेलमा राखिएको छ तर विपक्षीहरुले राष्ट्रपति जीन्बेकोभले राजनीतिक प्रतिशोध लिएको बताएका छन् ।

तर हिंसा भड्काएको आरोपमा शनिबार नै अटामबायेभलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । पन्ध्र वर्षको अन्तरालमा प्रदर्शनकारीले किर्गिजस्तानको सरकार तेस्रो पटक ढालिसकेका छन् । पूर्व सोभियत युनियनबाट अलग भएको र करिब ६५ लाख जनसंख्या रहेको किर्गिजस्तान सबैभन्दा गरिब राष्ट्र हो ।

राजधानी विश्केक समेतका स्थानमा भड्किएको हिंसा नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नुका साथै निषेधाज्ञा जारी गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top