किर्ते गरेर ७० कराेडकाे सम्पत्ति खाने १२ जना पक्राउ, हेर्नुहोस् सीअार्इबीकाे रिपाेर्ट (पूर्णपाठ)

Share this
793shares

काठमाडौं,भदौ २१
कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता गर्ने १२ जनाको नाम केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले सार्वजनिक गरेको छ । शंकर इलेक्ट्रोनिक्स कम्पनीको नाममा रहेको सम्पत्ति मालिकलाई नै थाहा नदिई अर्कैको नाममा नामसारी गर्ने १२ जनाको नाम सार्वजनिक गरेको हो ।

Advertisement

सीआइबीका प्रवक्ता सानुराम भट्टराईका अनुसार अधिकृतद्धय नारायण पोखरेल, उमेश जोशीसहित १२ जना आरोपितहरुलाई पक्राउ गरिएको छ ।

सीआईबीले सेयर ट्रान्सफरमा घोटला भएको शंका लागेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आइतबार छापा मारेको थियो । शंकर इलेक्ट्रोनिक्सका मालिक भारतीया व्यावसायी राम निरञ्जन जटिया हुन् । नक्कली कागजात तयार गरी सोहि कम्पनीका पूर्वकर्मचारी जितबहादुर मगरले कम्पनी आफ्नो नाममा नामसारी गरेका हुन् ।

Advertisement

सीआइबीका अनुसार मगरले कम्पनीको नाममा रहेको चल(अचल सम्पत्ति बिक्री गर्ने तयारी गरिसकेका थिए ।आइतबार छापा मारेर अधिकृतद्धय नारायण पोखरेल र उमेश जोशीलाई सोही दिन नै पक्राउ गरेको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले पुष्टि गरे । उनले यो प्रकरणमा अन्य केही कर्मचारी तथा व्यक्ति फरार रहेको जानकारी दिए ।

रजिष्ट्रार कार्यालय स्रोतका अनुसार शंकर इलेक्ट्रोनिक्स कम्पनीको मूल्याङक २५ लाख रूपैयाँ तोकिएको छ । सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआईबीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको सीआईबीले जनाएको छ ।

Advertisement

(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top