किशोरी र महिलाको ज्यान जाँदासमेत रोकिएन छाउगोठमा बसाल्ने क्रम

२७ साउन ७७, बुधबार

सुर्खेत र दैलेख : महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो।

दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो। आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो।

सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो। उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन्। आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन्।

Advertisement

अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो। असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्यान जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढा र हिक्मतबहादुर नेपालीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top