कुवेतबाट १६८ जना नेपाली महिला कामदार लिएर उडान भर्दै जजिरा एयर

योगेन्द्र योगी
२८ जेठ, दोहा ।

कुवेतमा आममाफी पाएर सेल्टरमा बसेका नेपाली कामदारलाई आजबाट स्वदेश फर्काइने भएको छ । पहिलो चरणमा आममाफी पाएकाहरुलाई उद्दार गरिने छ भने जजिरा एयरको एक वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुने कुवेतस्थित नेपाली दूताबासले जनाएको छ ।

पहिलो उडान भर्दै जजिरा एयरले आममाफीमा सहभागी कुवेतको सेल्टरमा अलपत्र अवस्थामा रहेका नेपाली महिलाहरु कुवेतको समय अनुसार बिहान ७ बजे जजिरा एयरवेज मार्फद नेपाल प्रथान गर्ने छन् ।

Advertisement

पहिलो उडानमा बच्चाको आमाहरु भएको शेल्टर आर्दिया १६८ जना लिएर उडान हुनेछ । शेल्टरबाट कुवेत पुलिसको गाडिमा सिधै प्लेनभित्र प्रवेश गर्नेगरी कुवेतबाट पहिलो उडान हुनेछ। त्यसपछी जजिरा एयरवेजले आफ्नो समय तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सरकार र नेपाली दूतावास कुवेतलाइ जानकारी गराउँदै आवश्यक दैनिक उडान भर्ने जनाएको छ ।

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची परराष्ट्रलाई बुझाएको दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीहरुको निसुल्क रुपमा स्वास्थ परिक्षण हुने छ भने उडानको पनि निशुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ ।

उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो । विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले दूतावासमा फारम भरेको दूताबास स्रोतले जनाएको छ ।

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचना जारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top