१५ जेठ, काठमाडौं ।
सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेका छन् ।
सरकारले घोषणा गरेको सो बजेटमा रासायनिक मल खरीद गर्न दिइएको अनुदान पनि जोडिएको छ ।