केराबारीको मेरो माइक्रो फाइनान्सलाई घरभाडामा छुट

२१ असार ७७, सोमबार

२१ असार, माेरङ।
कोरोनाको कहरकाबीच ब्यापार ब्यवसाय धरासायी भएको भन्दै व्यवसायीहरुले कर र घरवाहल शुल्क छुटको माग गर्दै आएका छन् । सरकारले बजेट मार्फत करका विषयमा केही सम्बोधन र घरबहाल शुल्कमा छुट दिन सरकारले आग्रह गरेपनि निजी क्षेत्रबाट घरबहाल शुल्कमा आशातित छुट नपाएको व्यवसायीहरुको गुनासो छ ।

अधिकांश घर मालिकहरुले अन्देखी गर्दे घरबहाल कर उठाउदै आएपनि केही मनकारी ब्यक्तिहरुले भने उदाहरणीय रुपमा घरबहाल शुल्कमा छुट दिदै आएका छन् ।कोरोना भाइरसले विश्वभरको अर्थतन्त्र संकटमा परेको प्रभावलाई मध्यनजर गरि मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई केराबारीका मनकारी संजयकुमार साह तेलीले घरभाडामा सहुलियत दिएका छन् ।

केराबारी-८, मोरङमा रहेको मेरो माइक्रो फाइनान्सको केराबारी शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी तेलीले संस्थालाई सहयोग गरेर सामाजिक उत्तरदायित्व निभाएको शाखा कार्यालयका प्रमुख बिकेश पोद्धारले जानकारी दिए । त्यस्तै, घरभाडामा पाएको छुट रकम स्थानीय तहकै कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने समेत उनले बताए ।

Advertisement

लकडाउनका कारण ब्यापार ब्यवसाय धरासायी बनेको यस्तो संकटको अवस्थामा घर भाडा लिनु ठीक नलागेको र संस्थाको कारोवार संचालन गर्न नसकेको अवस्था आफैले देखेको अवस्थामा घर भाडा छुट दिएको तेलीले बताए । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६ हजार सहयोग गरिसकेको छ । त्यसको साथै बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे पोद्धारले बताए ।

मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा १ सय २० शाखा कार्यालय र बालग्राम अनुगमन कार्यालय सुनसरी अन्र्तगत मोरङमा ४ शाखा सहित ३ जिल्लामा ८ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले चालु आर्थिक बर्षको त्रैमासिक अवधिमा ९ करोड ५८ लाख २९ हजार रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top