केही नेवार समुदायले आज भाइटीका लगाउँदै

२ मंसिर, काठमाडौं । केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (सोमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् ।

आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका हुन् । नेपाल सम्वतकै दिन आत्मा पूजा गर्नेले हिजो र अरू केहीले अस्ति बेलुका म्हः पूजा गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।

Advertisement

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने गर्छ । तर यसपाली आज बिहान पनि केही समय द्वितीया तिथि रहेकाले आज भाइटीका लगाउनेहरूका लागि पनि मन्दिर खुला गरिएको हो । बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म नै मन्दिर खुला रहने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top