कोभिडका बीच पनि खसीबोका किन्नेहरुको व्यापक भिड

३ कात्तिक, काठमाडौँ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको विक्री शुरु गरेसँगै खरिद गर्नेहरुको भिड लागेको छ । कम्पनीले आज (कात्तिक ३ गते) देखि सहुलियत दरमा खसीबोकाको विक्री सुरु गरेको हो ।

कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका विक्री वितरण सुरु गरेको छ । कम्पनीले जिउँदो खसीबोकाको प्रति केजी ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री गरिरहेको छ ।

Advertisement

बजारमा प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँ प्रतिकेजी सम्म पर्ने खसीबोका ५ सय ५० रुपैयाँमै पाउने भएपछि उपभोक्ताहरुको भिड लागेको छ । खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा विक्री गर्दै आएको छ । यसपटक कोभिड १९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसीबोका विक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ । यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई विक्री गर्ने योजना बनाएपनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै विक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने विक्रीमा राखेको छैन ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top