कोभिडविरुद्ध लड्न सभामुखको पहल

९ जेठ ७८, सोमबार

९ जेठ, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोकमा कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तारन्तरण गरिएका छन् ।

अक्सिजन प्लान्ट स्थापनाको काम अघि पनि बढेको छ । यही हप्ता सभामुख सापकोटाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरगत योजनामा संशोधन गरी रु पन्ध्र लाख रकम अक्सिजन प्लान्ट स्थापनाका लागि छुट्याएको सचिवालयले जनाएको छ ।

Advertisement

सभामुखको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री उनको सचिवालयमार्फत जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए ।

कार्यक्रममा सचिवालयमार्फत हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरूमा २१ लिटरको एक थान अक्सिजन कन्सन्ट्रेटर, एन–९५ मास्क १०० थान, सर्जिकल मास्क एक हजार थान, पिपिई सेट ३० थान, स्यानिटाइजरलगायत छन् ।

तत्काल १०० थान भरिएको अक्सिजन सिलिण्डर, २० थान अक्सिजन कन्सन्टेटर र दुई हजार थान एन्टिजेन किट जिल्लामा आइपुग्ने पाठकले जानकारी दिए । बाँकी सामग्री क्रमशः जिल्लामा पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।

यस्तै, जिल्लाबाट सङ्कलित ५३ थान अक्सिजन सिलिण्डर भर्ने क्रममा रहेको र यसै हप्ता जिल्लामा पुग्ने व्यवस्था मिलाइएको स्वकीय सचिव पाठकले बताए ।

कोभिड–१९ का कारण समस्यामा परेका परिवारका ५० बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गरिएको छ । उपचार अभावमा नागरिकको जीवन थप जोखिममा पर्न नदिन सभामुख सापकोटाले अघिल्लो हप्ता मात्रै जिल्लामा चौतारा अस्पतालको मागपत्रका आधारमा अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गर्नु भएको थियो ।

केही हप्तामै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको कामले मूर्तरूप पाउने पाठकले जानकारी दिए । यसैबीच सभामुखले कोभिड–१९ का कारण समस्यामा परेका सिन्धुबासीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवसायी एवं समाजसेवीलाई धन्यवाद ज्ञापन गरे । उाले कोरोना महामारी अझ बढीरहेकोले सतर्क रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अपिल गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top