कोभिड–१९को उत्पतिबारेको अध्ययन पारदर्शी बनाउन डब्लुएचओलाई अमेरिकाको आग्रह

१२ जेष्ठ, एजेन्सी ।
कोभिड–१९ को उत्पतिबारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई अमेरिकाले आग्रह गरेको छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोभिड–१९को उत्पति र उत्दगम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लुएचओलाई सुझाव दिएका हुन् ।

मन्त्रीस्तरीय डब्लुएचओको बैठकमा अमेरिकी स्वास्थ्य मन्त्री बेसेराले कोभिड–१९को स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति प्रदान गरिनु पर्ने बताए ।

Advertisement

अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोभिड–१९को उत्पती चीनको प्रयोगशालाबाट भएको र त्यहिँबाट चुहावट भएर विश्वव्यापी महामारीको रुप लिएको हुन सक्ने आशंकामा थप बल पुगेको दाबी गरिरहेका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म विश्वभर १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् ।

कोभिड–१९ का कारण विश्वभर ३४ लाख ७२ हजार भन्दा धेरैको ज्यान गएको छ । गएको मार्चमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको अध्ययन प्रतिवेदन डब्लुएचओले सार्वजनिक गरेको थियो ।

सो प्रतिवेदनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरसको उत्पति भएको हुन सक्ने सम्भावना अति न्यून रहेको उल्लेख थियो । तर डब्लुएचओले थप अध्ययनको खाँचो भने रहेको बताएको थियो ।

तर अमेरिकी गुप्तचर निकायको सूचनामा वुहानमा कोरोना भाइरसको संक्रमण सुरु हुने बेला तिर वुहान इन्स्टिच्युड अफ भाइरोलोजीका तीन कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको र उनीहरुले अस्पतालको सहायता लिनु पर्ने अवस्था आएको उल्लेख भएपछि आशंका बढेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top