कोरानाको कहर: कतार र साउदीपछि अब मलेसिया प्रवेशमा पनि रोक

५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार (आज) बाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाइएको हो । यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन् ।

मलेसियाले विदेशीको प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि जाने कामदार रोकिएका छन् । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतले मलेसिया जाने नेपाली श्रमिक केही दिनका लागि रोकिएको बताए । १ वर्षभन्दा लामो समय रोकिएको मलेसियाको रोजगारी ३ महिनाअघि मात्र खुलेको थियो । विभागको फागुन महिनाको तथ्यांकमा मलेसिया जान लगभग ११ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ । विगत ३ महिनाको तथ्यांकमा ३२ हजार नेपाली मलेसियामा रोजगारीमा गएको देखिन्छ ।

मलेसिया जान मात्र दैनिक ३६५ युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यही तथ्यांकलाई आधार मान्दा आगामी १४ दिनमा लगभग ५ हजार नेपाली मलेसिया जान पाउने छैनन् भने सोही संख्यामा नेपाल फर्कन पाउने छैनन् ।

Advertisement

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top