कोरोनाका कारण भरिदै चिहानघारी, दिल्लीको ‘जदीद कब्रिस्तान ७५ प्रतिशत भरियो

१ असार, एजेन्सी ।
करीब ४५ एकडमा फैलिएको दिल्लीको ‘जदीद कब्रिस्तान अहले इस्लाम’ अर्थात चिहानघारीको पाँच विगाहा जमिन कोरोनाभाइरसबाट मृत्यु भएकाको लागि छुट्याइएको छ ।

तर, उक्त जमिनको ७५ प्रतिशत भाग भरिइसकेको छ । चिहानमा शव गाड्ने काम गर्ने मोहम्मद शमिमका अनुसार बन्दाबन्दी खुलेपछि दल्लीमा तीव्र गतिमा संक्रमितको मृत्यु भइरहेकाले बाँकी ठाउँ पनि चाँडै भरिनेछ । त्यसपछि चिहान व्यवस्थापन समितिलाई नयाँ जमीन खोज्नुपर्ने हुन्छ ।

उनका अनुसार बन्दाबन्दीको समयमा कोरोनाभाइरसबाट मृत्यु भएकाको दैनिक पाँचदेखि छ वटा शव आउँथे । तर अहिले दैनिक १२ देखि १५ वटा शव आउँछन् । बन्दाबन्दी खुलेपछि अन्य कारणले मृत्यु हुनेको संख्या पनि बढेको उनले बताए ।

Advertisement

अन्य कारणले मृत्यु भएकाको शव दैनिक १० देखि १२ वटा आइरहेको छ । तर, बन्दाबन्दीमा ६्७ वटा मात्र आउँथे । कोरोनाभाइर संक्रमणका कारण अन्य रोग लागेका बिरामीले राम्रो उपचार नपाउँदा मृतक बढेको हुनसम्ने उनको अनुमान छ ।

दिल्लीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको शव गाड्न कामदारले शुरुमा अस्वीकार गरेका थिए । शमिम नै ती व्यक्ति हुन् जसले दिल्लीको पहिलो मृतकको शव गाडेका थिए । शमिम भन्छन्, “शुरुमा मैले पनि मानेको थिइनँ, संक्रमण सर्ला भन्ने डर थियो, तर डाक्टरले सम्झाएपछि तयार भएँ ।

Advertisement

किनभने सबैले काम नगर्ने हो भने यी शव कसले गाड्छ ? कसैले त गर्नैपर्यो नि ।” बन्दाबन्दीको दुई दिनपछि देखि उनले यहाँ शव गाडिरहेका छन् । अहिलेसम्म ३०० भन्दा बढी शव गाडिसकेका छन् । दिल्लीमा अहिलेसम्म १३ सय २७ जनाको मृत्यु भइसकेको छ । विगत २४ घन्टामा दुई हजार २२४ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो एकै दिन भेटिएका अहिलेसम्मकै धेरै संक्रमित हुन् । विगत तीन दिनदेखि त्याँ दैनिक दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन् । पछिल्लो तीन दिनमा दिल्लीमा २४२ जनाको मृत्यु भयो । पछिल्लो २४ घन्टामा ५६ जनाको मृत्यु भयो । गएको शुक्रबार मात्र १२९ जनाको मृत्यु भएको थियो ।

यो दिल्लीमा एकै दिन मृत्यु भएको अहिलेसम्मकै ठूलो संख्या हो । यो चिहानघारीमा बन्दाबन्दीअघि पुरानो दिल्लीका बासिन्दाले मात्र शव ल्याउँथे । तर, अहिले दिल्लीका अन्य क्षेत्रका शव पनि आउँछन् । कतिपय शव त मृत्युको चार वा पाँच दिनपछि मात्र आइपुग्छन् ।

कोरोना जाँचका रिपोर्ट ढिलो गरी आउनाले शव गाड्न पनि ढिलो भएको हो । दिल्लीका धेरै क्षेत्रका शव ल्याउँदा पनि यो चिहानघारी छिटै भरिएको शमिम बताउँछन् । अब नयाँ चिहानघारीका लागि जंगल मास्नु पर्नेहुन्छ । यो चिहानघारी बनाउन पनि पाँच विगाहाको जंगल फँडानी भएको थियो ।

मोहम्मद शमिमलाई अहिले शव गाड्दा गाड्दै आफैँ संक्रमित हुन्छु कि भन्ने डर छ । यदि संक्रमित भइहाले उपचारका लागि उनीसँग खर्च छैन । उनी भन्छन्, “मलाई केही भइहाल्यो भने स्कुल पढिरहेका मेरा चार छोरीको जिम्मेवारी कसले उठाउँछ ?”

उनको कामलाई ‘कोरोना योद्धा’ को सूचीमा राखिएको छैन । तर, उनको काम जोखिमपूर्ण र अति आवश्यक छ । उनी भन्छन्, “सबै ठाउँमा यो वेला काम गर्नोई फूल बर्साइरहेका छन् । तर, फूल बर्साउन त परको कुरा मूलभूत आवश्यकता पनि कसैले पूरा गरिदिएको छैन । न मलाई छुट्टी छ, त त यो सुनसान ठाउँ र गर्मीमा पिउने पानी नै छ ।” (दैनिक भाष्कर)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

सम्बन्धित समाचार

Scroll to Top