कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै

१ असार ७७, मंगलबार

२ असार, झापा ।
झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।

गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए । घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए । मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए ।

Advertisement

उनलाई अस्पतालले शुक्रबार घर फर्काइएको थियो । उनको सोमबार बिहान ८ बजे घरमै निधन भएको हो । “नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन”, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भनिन्, “दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।”

पालिकाले चार जना गाउँलेलाई पिपिइ, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो । मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन् । उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए ।

बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो । मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । (रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top