कोरोनाको प्रकोपलाई लिएर वुहानको रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारलाई जेल सजाय

२ मंसिर, एजेन्सी । कोरोनाको प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो ।

गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झान (पहिले वकालत गर्ने) लाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ ।

उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।

Advertisement

भाइरसलाई लिएर वुहानको रिर्पाेटिङ गर्दा समस्यमा परेकी झाङ्ग पहिलो नागरिक (पत्रकार) होइनन् ।

फेब्रुअरीमा कम्तीमा तीन जना हराएका छन् । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो ।

Advertisement

बेपत्ता हुनेमा दोस्रो व्यक्ति चेन क्विशी हुन्, जसलाई सरकारको निरीक्षणमा राखिएको बताइएको छ भने अर्का पत्रकार फाङ्ग बिन, जसको बारेमा अझै थाहा छैन ।

चिनियाँ अधिकारीहरु अभियानकर्मीहरुलाई दबाउन जान्नेका रुपमा चिनिन्छन् ।

भर्खरै सार्वजनिक भएको एक अभियोग पत्रका अनुसार झाङ्ग गएको फेब्रुअरीमा वुहानका लागि प्रस्थान गरिन्, जहाँ उनले धेरै विषयमा रिपोर्टिङ गरिन् । चिनियाँ मानव अधिकार रक्षकहरुको नेटवर्क (सीएचआरडी) का अनुसार रिपोर्टमा अन्य स्वतन्त्र पत्रकारहरु नजरबन्दमा परेको र पीडित परिवारहरुको उत्पीडन पनि समावेश छ ।

तर गएको १५ मा उनी वुहानबाट हराइरहेको सीएचआरडीले बताएको छ ।

उनलाई ६ सय किमि टाढा शङ्घाईमा प्रहरीले हिरासतमा लिएको थाहा भयो ।

गएको जुन १९ मा उनी शङ्घाईमा पक्राउ परिन् । त्यसको झण्डै तीन महिनापछि उनलाई सेप्टेम्बर ९ मा आफ्नो वकिलसँग भेट्न दिइयो ।

आफूलाई पक्राउ गरिएको विरोधमा झाङ्गले भोक हड्ताल गरेको सीएचआरडीले जनाएको छ । १८ सेप्टेम्बरमा उनका वकिललाई एक फोन आएको थियो, जसमा झाङ्गलाई आरोप लगाइएको थियो । गएको शुक्रबार उनलाई औपचारिक रुपमा आरोप लगाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top