कोरोनाबाट करिब चार लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी सङ्क्रमित

२४ जेठ ७७, आइतबार

२४ जेठ, जेनेभा।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ९८ हजार २६० पुगेको छ भने, सङ्क्रमितको सङ्ख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्। । हाल विश्वभरिमा कोरोना भाइरस सङ्क्रमित ३१ लाख दुइ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा एक लाख ११ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने, एक लाख ७७ हजार ९६० को मृत्यु भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा एक लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, चार हजार ९४२ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top