कोरोनाविरुद्धको ६ करोड डोज खोप अरु देशलाई दिने अमेरिकाको घोषणा

१३ बैशाख ७८, मंगलबार

१४ बैशाख, काठमाण्डौ । अमेरिकाले कोरोनाविरुद्धको ६ करोड डोज खोप अरु देशलाई दिने भएको छ ।

भारतसहित विश्वका केही देशमा कोरोना सङ्क्रमण डरलाग्दो अवस्थामा पुगेको भन्दै अमेरिकाले एष्ट्राजेनेका कम्पनीको ६ करोड डोज खोप अरु देशलाई उपलब्ध गराउने निर्णय गरेको ह्वाइटहाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सङ्घीय खाद्य तथा औषधि प्रशासनले पुनरावलोकन गरेपछि आउँदो हप्ता नै एक करोड डोज खोप उपलब्ध हुने खबरमा उल्लेख छ ।

Advertisement

बाँकी पाँच करोड डोज खोप उत्पादनको विभिन्न चरणमा रहेकाले आउँदो महिनादेखि निर्यात गर्न सकिनेछ ।

राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना नै मेक्सिको र क्यानडालाई चार करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।

Advertisement

अमेरिकामा कोरोनाविरुद्धका फाइजर बायोएनटेक, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका कम्पनीको खोप उत्पादन भइरहेको छ ।

यस्तै भारतलाई पनि अक्सिजन, पीपीई, भेन्टीलेटर र रेम्डिसिभर औषधि दिने अमेरिकी सरकारले घोषणा गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top