कोरोनाविरुद्ध सचेतना फैलाउन झापामा सेना परिचालन

१७ बैशाख ७८, शनिबार

१८ वैशाख, झापा।
कोभिड–१९ को संक्रमणविरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानीय तहमा नेपाली सेनाको टोली परिचालन गरिएको छ।

मेचीनगर र भद्रपुर नगरलिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए। गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो।

होल्डिङ सेन्टर बनाउन सुरु

Advertisement

नेपाली सेनाले पूर्वी नाका काँकडभिट्टामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ। श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेल मैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माण सुरु गरेको हो।

पहिलो दिन खेलमैदानको आधा भाग ओगट्ने गरी रेखांकन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ। यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो ।

Advertisement

सीमामा सशस्त्रको ४४ वटा फरवार्ड पोस्ट

यसैबीच झापामा भारतसँगको १४४ दशमलब दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल २ नम्बर गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए। यसपटक ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन्।

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उनले बताए।

झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन्। सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ ।

आइतबारदेखि निषेधाज्ञा

कोभिड–१९ को बढ्दो संक्रमण रोक्न झापामा आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गरेका आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घरबाहिर निस्कन नपाइने उल्लेख छ।

आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ।

निषेधाज्ञा आइतबार राति १२ बजेबाट सुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ। सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ।

निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top