कोरोना उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

१५ जेठ, एजेन्सी ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार कोभिड– १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।

अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेकोे संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने,

Advertisement

“सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।”

“यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ । वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ । भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ ।”

डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स–कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको छ ।

सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, “यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।”

भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको उनको भनाइ थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top