कोरोना उपचारमा लाग्ने एन्टिभाइरल रेमडिसिभिर औषधी बाङ्लादेशबाट ल्याइँदै

२८ जेठ ७७, बिहीबार

२९ जेष्ठ, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाङ्लादेशबाट कोरोना भाइरसबाट संक्रमित गम्भीर बिरामीको उपचार गर्न रेमडिसिभिर औषधी ल्याउने प्रक्रिया शुरु गरेको छ।

मन्त्रालयको कारोना नियन्त्रण तथा रोकथाम समितिको वैदेशिक समन्वय शाखाका संयोजक डा. रोशन पोखरेलका अनुसार, पहिलो चरणमा तीन सय जनालाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गर्न चाहिने औषधीको परिमाण ल्याउने प्रक्रिया शुरु भएको हो।

“हामीले बाङ्लादेश सरकारसँग तीन सय जनाको उपचार गर्न चाहिने औषधी मागेका छौं”, पोखरेल भन्छन्, “तर बाङ्लादेश सरकारले कति परिमाणमा दिन्छ त्यसमा भर पर्छ।” पोखरेल मुलुकमा कोरोना भाइरसबाट संक्रमित भएका जटिल बिरामी नदेखिएकाले तत्कालै औषधी आवश्यक नभएको बताउँछन्।

Advertisement

कोरोना संक्रमित बिरामीलाई सामान्य औषधी उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्ने क्रममा सुई मार्फत रेमडिसिभिर औषधी दिइन्छ। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले कोरोना भाइरसबाट संक्रमित सिकिस्त बिरामीको उपचारका लागि एन्टिभाइरल रेमडिसिभिर प्रभावकारि हुने देखाएका छन्।

एक जना कोरोना संक्रमित बिरामीका लागि पाँच दिनसम्म ६ डोजमा रेमडिसिभिर औषधी दिनुपर्ने चिकित्सकहरु बताउँछन्। झण्डै एक महीना अगाडि एक औषधी व्यावसायीले औषधी व्यवस्था विभागलाई दिएको जानकारी अनुसार, ६ डोजमा सुईको माध्यमबाट रेमडिसिभिर औषधी दिँदा झण्डै एक लाख खर्च लाग्छ।

Advertisement

उनीहरुका अनुसार, एक किलोग्राम उक्त औषधी बनाउन चाहिने कच्चा पदार्थलाई मात्र दुई लाख ४० हजार अमेरिकी डलर पर्छ। अहिलेसम्म कुनै पनि नेपाली कम्पनीले रेमडिसिभिर औषधी उत्पादन गरेका छैनन्। औषधी व्यवस्था विभागका महानिर्देशक डा। नारायणप्रसाद ढकाका अनुसार, यो औषधी बनाउन कुनै पनि कम्पनीले प्रस्ताव पेश गरेका छैनन्।

तर सरकारले खरीद गर्ने ग्यारेन्टी लिएर नेपाली उत्पादकहरुले रेमडिसिभिर औषधी उत्पादन गर्न इच्छा देखाएको ढकाल बताउँछन्। भारतमा पाँच वटा कम्पनीले रेमडिसिभिर औषधी उत्पादन गर्दै आइरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top