कोरोना कहरः पत्नीको मृत्यु भएको तीन दिन नबित्दै पतिको मृत्यु

२६ कात्तिक ७७, बुधबार
Share this
692shares

२६ कार्तिक सुनसरी।

Advertisement

कोरोना संक्रमणका कारण तीन दिनको अघिपछि एक दम्पतीको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१४ विजयपुरमा पत्नीको मृत्यु भएको तीन दिनपछि बुधबार बिहान पतिको पनि मृत्यु भएको हो । उनीहरू दुवै जना होम आइसोलेसनमा थिए ।

Advertisement

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कात्तिक २४ गते बिहान साढे १० बजे ६७ वर्षीया पत्नीको मृत्यु भएको थियो ।

उनलाई कोरोनाको लक्षण देखिएपछि २१ गते स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिँदा उनको मृत्यु भइसकेको थियो ।

Advertisement

त्यस्तै ७४ वर्षीय पतिको २१ गते स्वाब संकलन गरिएकोमा दुई दिनपछि रिपोर्ट आउँदा पोजिटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचारका लागि पुर्‍याइए पनि खासै सुधार नभएपछि परिवारले घरै फर्काएको थियो ।

दम्पतीमा यसअघि कुनै पनि पुरानो स्वास्थ्य समस्या नरहेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top