कोरोना भाइरसविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने

७ मंसिर, एजेन्सी ।
कोरोना भाइरसविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने र यसले कोरोनाको दोस्रो संक्रमणबाट बचाउने एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका स्वास्थ्यकर्मीहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । उनीहरुले नियमितरुपमा कोरोना संक्रमण तथा एन्टिबडीको परीक्षण गर्दै आएका थिए ।

सो क्रममा कोरोनाविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने पाइएको हो । अध्ययनको क्रममा मानिसको शरीरमा जति धेरै एन्टिबडी विकास भयो दोस्रोपटक संक्रमण हुने जोखिम पनि त्यति नै कम हुने गरेको पाइएको थियो ।

Advertisement

त्यस्तै अर्को एक अध्ययनले कोरोना भाइरस परिवारका अन्य रोगविरुद्धको प्रतिरोधी क्षमताले पनि कोभिड–१९ को लागि काम गर्ने गरेको पाइएको थियो ।

संक्रमणविद् केटी जेफ्रीले कोरोना खोप आउन लागेको अवस्थामा यस किसिमको समाचार उत्साहवर्द्धक रहेको बताएकी छन् । छोटै अवधिको लागि भए पनि एकपटक एन्टिबडी विकास भएपछि कोरोना संक्रमणबाट बच्न सकिने यो अध्ययनले देखाएको जेफ्रीले बताइन् ।

Advertisement

अक्सफोर्डको यो अध्ययनमा १२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरु सहभागी थिए । जसमध्ये ११ हजार स्वास्थ्यकर्मीको कोभिड–१९ एन्टिबडी नेगेटिभ पाइएको थियो ।

अध्ययनको क्रममा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण देखिएको थियो । यद्यपि एन्टिबडी विकास भइसकेका कसैमा पनि लक्षणसहितको संक्रमण देखिएको थिएन ।

एन्डिबडी भएकामध्ये पनि तीनजना मानिसमा भने लक्षणविनाको कोभिड–१९ पाइएको थियो । लक्षणविनाको कोभिड–१९ देखिनेको संख्या एन्टिबडी नभएका मानिसहरुमा ७६ थियो ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top