‘कोरोना महामारी नियन्त्रणमा उच्च मनोबल बनाएर कार्यक्षेत्रमा खटिन निर्देशन’

५ जेठ ७८, बिहीबार

६ जेठ, मकवानपुर ।

गृहमन्त्री राम बहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले बिहीबार बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग पु¥याउन आग्रह गरे ।

Advertisement

मन्त्री थापाले प्रदेशका हरेक जिल्लामा जनतालाई शान्ति, सुरक्षा मानवअधिकारको प्रत्याभूति दिलाउन एवं अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हरप्रयासका साथ सीमित स्रोत साधन परिचालन गरी जनतालाई विश्वस्त तुल्याउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गरेका छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top