कोरोना रोकथाम तथा उपचारमा चार महिनामा सात अर्ब विनियोजन

२६ कात्तिक ७७, बिहीबार

काठमाडौं: सरकारले चालू आर्थिक वर्षको पहिलो चार महिनामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा करीब सात अर्ब रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना यता उक्त शीर्षकमा छ अर्ब ८१ करोड ५९ लाख छ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङ्गको क्रममा उक्त शीर्षक अन्तगर्त विभिन्न तीन उपशीर्षकमा करीब सात अर्ब निकासा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘हाइ डेपेन्डेन्सी यूनिट’ स्थापनाका लागि निकासा गरिएको तीन अर्ब ८१ करोड ५९ लाख छ हजार रुपैयाँ निकासा गरिएको बजेटमा जोडिएको छ ।

कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षण तथा ब्यवस्थापनमा एक अर्ब १२ करोड ४० लाख रुपैयाँ निकासा गरिएको छ । गत् कात्तिक २ गतेदेखि सरकारले कोभिड–१९ सङ्क्रमितको उपचार र परीक्षण आफ्नै खर्चमा गर्ने निर्णय लागू गरेको थियो । उक्त निर्णयको आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले सूचीकृत गरेको सरकारी प्रयोगशाला तथा अस्पतालमा लक्षण देखिएका बिरामीको परीक्षण र उपचार सरकारले निशुल्क गर्ने निर्णय गरेको छ । तर बीमा कम्पनीबाट कोरोना बीमा गराएका बिरामीको हकमा बीमा रकमबाट परीक्षण र उपचार बापत्को रुपियाँ भुक्तानी गरिने मन्त्रालयका प्रवक्ता डा. गौतमले प्रष्ट्याउनुभएको छ ।

Advertisement

आईसीयू, भेन्टिलेटर र अस्पताल सुदृढीकरणका लागि मन्त्रालयले एक अर्ब २९ करोड ९० रुपैयाँ निकासा गरेको छ । त्यसैगरी सङ्क्रमित ब्यवस्थापन, कन्टयाक्ट ट्रेसिङ र जोखिम भत्ता बापत् एक अर्ब १४ करोड २९ लाख छ हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ । हाल कन्ट्याक्ट ट्रेसिङ्गको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । लक्षण नभएका कोरोना सङ्क्रमितलाई होम आइसोलेशनमै बस्न निर्देशिका जारी गरिएको छ । संस्थागत् आइसोलेशनमा बस्नेभन्दा होम आइसोलेशनमा बस्नेको संख्या अत्याधिक हुँदा सङ्क्रमित ब्यवस्थापनमा खर्च थोरै देखिएको छ । संस्थागत् आइसोलेशनमा हाल दश हजार ५१९ ब्यक्ति बसेका छन् । होम आइसोलेशनमा करीब २८ हजार ब्यक्ति छन् ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top