कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर – मन्त्री आले

१० जेठ ७८, मंगलबार

१० जेठ, डोटी ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताएका छन् ।

जिल्ला अस्पताल डोटीमा आज स्वास्थ्य सामग्री प्रदान कार्यक्रममा मन्त्री आलेले सरकारले भरपुर प्रयास गरिरहको बताएका हुन् ।

Advertisement

जिल्लाका नौवटै स्थानीय तह तथा जिल्ला अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गर्दै मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने समेत बताए ।

कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भइरहेका बेला मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताएका हुन् ।

Advertisement

गृहजिल्ला डोटी र सुदूरपश्चिम प्रदेशिक अस्पताल कैलालीलाई आफ्नै लगानीमा आवश्यक स्वास्थ्य सामाग्री वितरणका लागि डोटी पुगेका मन्त्री आलेले थप आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि केन्द्रबाट सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडि बढिसकेकाले अब जिल्लामा खासै अक्सिजनको अभाव नहुने समेत उनले बताए । महामारीको रोकथामका लागि सबैले हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै हरेक नागरिकलाई समेत सचेत बन्न मन्त्री आलेले आग्रह गरेका छन् ।

जिल्लामा स्वास्थ्य सामग्री अभाबमा जिल्लामा सकृय कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको भन्ने गुनासो आएपछि मन्त्री आलेले स्वास्थ्य सेवा विभागबाट प्राप्त ३० वटा एचडियु श्यया, खाली १५ अक्सिजन सिलिन्डर तथा आफ्नो लगानीमा ६० वटा थप सिलिण्डर खरिद गरी ७५ थान भरिएका अक्सिजन सिलिन्डर, सर्जिकल मास्क एकलाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर मेसिन, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिन्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजर मन्त्री आलेले व्यक्तिगत लगानीमा किनेर प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

मन्त्री आलेले पठाएका स्वास्थ्य सामग्री कम्तिमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ । यसैगरी मन्त्री आलेले भोली मङ्गलबार यहाँको सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामाग्री वितरण गर्ने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top