कोरोना संक्रमित युवतीसंगै आएका दुई जना धरानका पनि रहेकाले उपमहानगरपालिकामा आकस्मिक बैठक बस्दै

११ चैत, धरान । कोरोना संक्रमित युवतीसंग आएका दुई जना धरानका पनि रहेकाले अहिले धरान उपमहानगरपालिकामा आकस्मीक बैठक बसेको छ ।

सोमबार काठमाडांैमा कोरोना संक्रमित पुष्टि भएका युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र धरान १६ का दुई जना पनि रहेको बताईएको छ । उनीहरुलाई क्वारेनटाईनमा कसरी पठाउने भन्ने बारेमा उपमहानगरपालिकाको बैठकमा छलफल भईरहेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।

आकस्मीक बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने र भोली बुधवार देखि धरानमा कोही पनि मानिस बाहिर हिडडुल गर्न नदिनेबारेमा छलफल भईरहेको बताईएको छ ।

Advertisement

धरानमा लकडाउनको बेलामा पनि सवारी साधन चलाउनेहरुको सवारी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सरकारले कोभिड १९ कोरोना भाईरसको संक्रमणको जोखिमबाट सर्वसाधरणहरुलाई सुरक्षित राख्नका लागि आज मंगलबार देखि चैत्र १८ गते सम्म देशैभर लकडाउन जारी गरेको छ ।

सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दे सर्वसाधरण बाहिर निस्किएको भन्दै धरान प्रहरीले सर्वसाधरणलाई सार्वजानिक स्थलमा भेला भएर बस्न दिएको छैन भने मंगलबार दिउँसो सम्ममा ३ सय मोटरसाईकल र स्कुटर ६० वटा टेम्पोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement

नियन्त्रणमा परेका सवारी साधनका चावी लकडाउन सकिएपछि मात्रै सवारीधनीलाई फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top