कोरोना सङ्क्रमणको ‘हटस्पट’ बन्दै वीरगञ्ज

वीरगञ्ज: कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् ।

बुधबार पर्सामा दुई जनाको मृत्यु हुनुका साथै ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिए । यीमध्ये अधिकांश वीरगञ्जका छन् । योसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या ७३० पुगेको छ भने सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

यस्तै, बारामा १७ र महोत्तरीमा १४ जना सङ्क्रमित थपिएका छन् । बढ्दो सङ्क्रमण र समुदाय स्तरमै सङ्क्रमण देखिन थालेपछि वीरगञ्ज महानगर लगायत धेरै स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकामा लगाइएको निषेधाज्ञाको अवधि बढाइएको छ ।

Advertisement

पर्सामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ । उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका–१५ का ४६ वर्षीय सङ्क्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको हो । यसैगरी झाडापखाला लागेर सोमबार मृत्यु भएकी पर्साकी एक १८ वर्षीया युवतीमा मृत्युपश्चात् गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top