कोलकातामाथि विशाल जित निकाल्दै बेंगलोरको तेस्रो स्थानमा उक्लियाे

२७ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ । कोतकालामाथि जित निकालेसँगै जारी सिजनमा पाँचौ जित दर्ता गर्दै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राती शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

चौथो ओभरको अन्तिम बलमा नवदीप सैनीले डेब्यू खेल खेलेका ओपनर टम ब्यान्टनलाई ८ रनमा बोल्ड आउट गरे । आठौैं ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले नितेश राणालाई ९ रनमा बोल्ड आउट गर्दै कोलकातामाथि दबाब बढाए । दशौं ओभरको तेस्रो बलमा सुभमन गिल ३४ रनमा रन आउट हुन पुगे । गिलले २५ रनमा ३ चौका र १ छक्का प्रहार गरे ।

Advertisement

कोलकाताले निरन्तर विकेट गुमाई रह्यो । ११ औं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई युजभेन्द्र चहलले १ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा हाबी बनाए । सुन्दरको १२ औं ओभरको पहिलो बलमा ओईन मोर्गन ८ रनमा इसुरु उडानाबाट क्याच आउट भएपछि कोलकाता ६४– ५ को कमजोर अवस्थामा पुगेको थियो ।

Advertisement

कोलकाताको आशा र भरोसा सबै आन्द्रे रसेलमाथि रहेको थियो । तर उडानाको १४ औं ओभरको पाँचौ बल ठूलो सट खेल्ने धुनमा मोहम्मद शिराजबाट १६ रनमा क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो । रसेलले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न सकेनन् । प्याट कमिन्स १, राहुल त्रिपाठी १६ र कमलेश नगरकोटी ४ रनमा आउट भए ।

बेंगलोरका वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, इसुरु उडाना, मोहम्मद शिराज र नवदीप सैनी एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा पुर्याउन एवी डिभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का सहित ७३ रनमा अविजित रहे । कप्तान विराट कोहली २८ बलमा १ चौका सहित ३३ रनमा अविजित रहे ।

कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि बेंगलोरले बलियो योगफल तयार पारेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा कुनै विकेट नगुमाई ८३ रन जोड्न सफल भयो ।

बेंगलोरलाई पहिलो विकेटका लागि ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ७।४ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले पाडिक्कललाई ३२ रनमा बोल्ड आउट गरे । पाडिक्कलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको दोस्रो बलमा युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णले फिन्चलाई ४७ रनमा बोल्ड आउट गरे । फिन्चले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आन्द्रे रसेलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए ।

बेंगलोरले अव बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ भने कोलकाताले शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top