कोशी अञ्चल अस्पतालमा अब एमडीको पढाई हुने

३ साउन ७५, शुक्रबार

विराटनगर,साउन ३

विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । प्रदेश १ को सरकारले काठमाडौंस्थित वीर अस्पतालसँगको सहकार्यमा यसै वर्षदेखि अञ्चल अस्पताल कोशीमा एमडीको अध्ययन अध्यापनको तयारी गर्न लागेको हो ।

विराटनगरमा विहीबार पत्रकार सम्मेलन गरी सामाजिक विकास मन्त्रालयले कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न लागिएको जानकारी दिएको हो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विद्यार्थी भर्ना लिएर यसै वर्षदेखि कोशी अञ्चल अस्पतालमा पठनपाठन गर्ने तयारी भइरहेको बताए ।

Advertisement

कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्नका लागि आवश्यक विद्यार्थी लगायतका कुरामा वीर अस्पतालसँग सहमति भइसकेको मन्त्री घिमिरेले जानकारी दिए । त्यसैगरी सामाजिक विकास मन्त्रालयले ग्रामीण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विषेश सहुलियत दिएर एम वि वि एस अध्ययन गराउने सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रदेश सरकारले सहुलियत प्रदान गरेर एम विवियस अध्ययन गरेका चिकित्सकले कम्तिमा ५ बर्ष ग्रामिण क्षेत्रमा रहेर करारमा स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने प्रावधान मन्त्रालयले बनाएको छ ।

Advertisement

मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयले हालसम्म चारबटा विधेयकको मस्यौदा तयार पारेको जानकारी दिए । उनले अब वस्ने प्रदेश सभामा ती विधेयक टेवल हुने प्रकृयामा रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयले मन्त्रालय गठन भएदेखि हालसम्म भएको काम कार्वाहीको बारेमा जानकारी गराईएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top