कोशी नदीमा हाम्फालेका ८४ बर्षीय वृद्धको सकुशल उद्धार

२५ चैत ७७, बुधबार
Share this
753shares

२५ चैत, सुनसरी । कोशी नदीमा हाम्फालेका झापा बिर्तामोड नगरपालिका–३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।

Advertisement

आज अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top