कोसीपीडितको कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन

३२ साउन, सुनसरी ।
सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले रिले अनशनसमेत सुरु गरेका छन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो । ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ ।

सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । शनिबार उनीहरु सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top