क्यानडा लग्ने प्रलोभनमा ठगिए आठ सयभन्दा बढी युवा

१ भदौ, काठमाडौँ ।
वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न खाडी मुलुक पुगेका नेपाली युवा क्यानडा जान पाउने प्रलोभनमा परेर सामाजिक सञ्जालबाट ठगिने गरेको पाइएको छ । क्यानडामा रोजगारी र पिआर समेत पाउने लोभमा परेका उनीहरू सामाजिक सञ्जालमा आउने सन्देशका कारण फस्ने गरेका हुन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यसको खुलासा भएको हो । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछी बस्ने ३५ वर्षीय रामबहादुर खड्का छन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोड, दमक, धुलाबारी र काँकडभिट्टामा उजुरी दिनेको संख्या सयभन्दा माथि छ । खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिलाई ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रदेश १ नम्बर प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले खड्कालाई काँकडभिट्टा बजारबाट गत १९ साउनमा पक्राउ गरेको थियो । काँकडभिट्टामा लुकेर बसेका खड्कालाई प्रहरीले झापा जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

Advertisement

पैसा असुल्न बाबु बिरामी भएको नाटक
आफू गैरआवासीय नेपाली संघ क्यानडाको उच्च पदस्थ अधिकारी समेत रहेको विश्वास दिलाउँदै आएका खड्काले आफ्नो बाबु बिरामी परेकाले उपचारका लागि क्यानडा लैजान नेपाल आएको बताउन थाले । भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको बताउने उनले म्यासेन्जरमा भन्थे, ‘बुबालाई क्यानडा लैजाँदा तपाईंहरूलाई पनि स्पोन्सर्ड भिसाको व्यवस्था गराएर सँगै लैजान्छु ।’

आफूसँगै क्यानडा लैजाने आश्वासन देखाएर उनले दूतावासमा चार लाख रुपैयाँ खर्च हुनेमा दुई लाख आफूले नै सहयोग गरिदिनेसम्म बताए । सो रकम पछि क्यानडामै पुगेर तिर्दा हुने भन्दै विश्वस्त तुल्याएका उनले दुई लाख रुपैयाँको लगानीमै क्यानडा जान सकिने कुरा गर्न थाले ।

Advertisement

ठगीको मुख्य हतियार फेसबुक
रामबहादुर खड्काले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापा नाम गरेका फेसबुक आइडी बनाएर विभिन्न व्यक्तिलाई क्यानडामा रोजगारीको प्रलोभन देखाउने गरेका थिए । उनले आफ्नो नाम महेशजंग थापा र घर इलाम बताउने गरेको प्रहरीले जनाएको छ । खाडी मुलुकमा कार्यरत नेपालीलाई उनी म्यासेन्जरमार्फत सम्पर्क गरी क्यानडाको प्रलोभन देखाउँथे ।

आफू पहिले क्यानडा जाने वेलामा काठमाडौं एयरपोर्टमा चिनजान भएको भन्दै खड्काले धेरै व्यक्तिलाई भ्रममा पारेको प्रहरी बताउँछ । आफू विगत १४ वर्षदेखि क्यानडामा बसेको, बिहे गरेर पिआर समेत प्राप्त गरिसकेको भन्दै उनले क्यानडामा आफ्नै लगानीमा केही क्याफे सञ्चालन गरेर कैयौँ नेपालीलाई रोजगारी दिएको बताउने गरेका थिए ।

युवालाई सैलुन पठाएर भारु सटही गर्दै फरार
पीडित व्यक्तिहरूलाई खड्काले दिल्लीस्थित क्यानडा दूतावासमा अन्तर्वार्ता दिन जानुपर्ने भन्दै विभिन्न स्थानमा बोलाउन थाले । भारत सिलिगुडीको बागडुग्रा एयरपोर्टबाट दिल्ली जानुपर्ने भन्दै उनले पीडितहरूलाई दमक, बिर्तामोड, धुलाबारी, काँकडभिट्टा हुँदै भारतको पानीट्यांकीसम्म भेट्न बोलाउँथे ।

दूतावासमा अन्तरवार्ताका लागि भन्दै पीडितहरूलाई कपाल काट्न र फेसवास गर्न सैलुनमा प्रवेश गराउँथे । सोही मौकामा पीडितहरूले ल्याएको पैसा मागेर भारतीय मुद्रा (भारु) साटेर आउँछु भन्दै उनी फरार हुँदै आएका थिए । लगत्तै फेसबुकमा ब्लक गरेर मोबाइल फोन पनि बन्द गर्ने गरेको प्रहरी बताउँछ ।

के भन्छ प्रहरी ?
पक्राउ परेका रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ देखि नै पाँच वटा नक्कली फेसबुक एकाउन्ट खोलेर एनआरएनएका विभिन्न गतिविधि पोस्ट गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनले आफ्नो जीउडालसँग मिल्दोजुल्दो हुलिया भएको क्यानडामा बस्ने एक युवकको तस्बिर आफ्नो नक्कली फेसबुकमा अपलोड गर्थे ।

अधिकांश स्टाटस तथा फोटा टोरन्टो, क्यानडा र विभिन्न युरोपियन तथा अमेरिकन मुलुकमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्ने गरेको प्रहरी बताउँछ । खड्काले पीडितहरूको कागजात र तस्बिर दुरुपयोग गरी सिमकार्ड खरिद गरेर चलाउने गरेको प्रहरीले जनाएको छ । उनले प्रत्येक पीडितलाई क्यानडामा रहेका आफ्ना बालबच्चाका लागि गाउँको शुद्ध मह समेत ल्याउन लगाउने गरेका थिए ।

‘ठगिसक्दा फेसबुकमा ब्लक’
मोहनकुमार थापा
डिएसपी, इलाका प्रहरी कार्यालय बिर्तामोड
खाडी मुलुकमा भएका युवालाई यो मान्छेले फसाउने गरेको पाइयो । खाडी मुलुकमा थोरै पैसा कमाइरहेकालाई सपनाको देश हुन्छ क्यानडा । त्यसपछि उनीहरू यो मान्छेको चंगुलमा परेछन् । क्यानडाको प्रलोभन देखाएर यसले विदेशका सयौंलाई नेपाल बोलाएको देखिन्छ । यसले प्रयोग गरिरहेका सबै फेसबुक आइडी हेर्दा आठ सयजति व्यक्तिलाई ब्लक गरेको देखिन्छ । उसको आपराधिक शैली चाहिँ ठगिसकेपछि ब्लक गरिदिने रहेछ ।

उसले पीडितलाई फेसबुकमा ब्लक गरेको हिसाबले हेर्दा अहिलेसम्म कम्तीमा १६ करोड रुपैयाँ ठगिसकेको हुनुपर्छ । हरेक युवासँग कम्तीमा दुईदेखि चार लाख रुपैयाँसम्म ठगी गर्ने गरेको पाइएको छ । उजुरी गर्ने पीडितबाटै दुई करोड रुपैयाँ ठगी भएको छ । नयाँ पत्रिका दैनिकबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top