६ जेष्ठ, काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्ना केही नीति नियमहरुमा परिवर्तन ल्याएको छ ।
पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेको संयोजत्वमा बसेको क्रिकेट कमिटीको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नयाँ प्रावधानहरु लागु गरेको हो ।
क्रिकेट सुचारु भएपछि म्याच बललाई चम्काउनका लागि थुक वा अरु तलर पदार्थहरुको प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो ।
खेलका बेला मैदानमा अरु सुरक्षा नीतिहरु पनि अपनाइने भएको छ । यस्तै कमिटीले अन्तराष्ट्रिय खेलहरुमा अम्पायर नियुक्तिको नियममा पनि केहि परिवर्तन गरेको छ ।
सन् २००२ देखि आइसीसीले नै अम्पायर छनोट गथ्र्यो । जसमा कुनैपनि देशले आफ्नो मैदानमा खेलिरहेको छ भने सो खेलमा त्यहि देशको अम्पायरले खेलाउन नपाउने नियम थियो ।
तर अब यो नियम केहि परिवर्तन भएको छ । आइसीसीले टेष्ट र एकदिवसीय खेलमा केहि आफ्नो मातहतमा राखेर केही आयोजक देशलाई पनि अम्पायर छान्ने मौका दिएको छ ।