क्षयरोगीका परिवारको स्वास्थ्य परीक्षण गरिने

१२ असार ७५, बुधबार

पथरी, असार १३

मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

पथरीशनिश्चरेका स्वास्थ्य संयोजक मुरारी आचार्यका अनुसार पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र सुनवर्षीका स्वास्थ्य संस्थाका क्षयरोग उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई परिवारका सदस्यको पनि खकारको नमूना परीक्षण थाल्न जानकारी गराइएको छ ।

Advertisement

आचार्यका अनुसार क्षयरोगीका परिवारका पाँच वर्षमुनिका बालबालिकालाई क्षयरोग लाग्न नदिने आइपिटी उपचार सेवा प्रदान गर्न पनि जानकारी गराइएको छ । त्यसअघि, पथरीशनिश्चरे स्वास्थ्य शाखाले नगरका निजी स्वास्थ्य संस्थाबीच अन्तक्र्रिया गरी क्षयरोग निर्मुल पार्न लाग्नुपर्नेमा जोड दिएको थियो ।

कार्यक्रममा, स्वास्थ्य संयोजक मुरारी आचार्य र सहसंयोजक याम खड्काले पथरी स्वास्थ्यचौकीसहितका नगरका स्वास्थ्यचौकीको ल्याबको चुस्त व्यवस्थापन तथा क्षयरोगीको जाँचलाई प्रभावकारी बनाउने बताए ।

Advertisement

साथै, उनीहरुले निजी स्वास्थ्य संस्थाले आफूसँग उपचारका लागि आउने क्षयरोगका बिरामीलाई निःशुल्क उपचार र सरकारी स्वास्थ्य संस्थामा दर्ताका लागि पठाएर सहयोग गरिदिन सूचित गराए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

सम्बन्धित समाचार

Scroll to Top