खराब मौसमका कारण बागलुङ उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामा अवतरण

१७ भदौ ७७, बिहीबार

१८ भदौ, पोखरा । बाढीपहिरो गएको स्थलको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर पोखरामा अवतरण भएको छ ।

खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए ।

बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ।

Advertisement

बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ३६ जना अझै बेपत्ता छन् ।

अवलोकन टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top