खसीको भन्दै बाख्राको मासु बिक्री गर्नेलाई ५० हजार जरिवाना

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, नेपालगञ्ज ।

नेपालगञ्जमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गर्ने एक पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । नेपालगञ्जको बागेश्वरी हल रोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिवानासहित बन्द गराइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको आज अनुगमनका क्रममा सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएको पाइएको नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

Advertisement

पसलबाट खान अयोग्य ३५ किलो मासु र ९ किलो माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चार वटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।

उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बजार अनुगमनसँगै उपभोक्ता सचेतनामा पनि जोड दिन अभियान सञ्चालन गरिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top