खेलाडीलाई जीवन निर्वाहको सुनिश्चितताका लागि राष्ट्रपतिबाट आग्रह

काठमाडौँ, साउन २९
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छिन् ।राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिईन् ।

Advertisement

“सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हर्षित छौँ”, राष्ट्रपति भण्डारीले भनिन् ।राष्ट्रपति भण्डारीले जीवनको कुनै पर्वाह नगरी राष्ट्र र नेपाली झण्डालाई उच्च राख्न गरेको क्रिकेट खेलाडीको प्रयत्नले विश्वमा नेपालको नाम चम्ँिकदै गएको उल्लेख गर्दै खेलाडीको इमान्दारीले राष्ट्रको इज्जत र गौरव उच्च हुने हँुदा त्यसतर्फ लगनशील भई अगाडि बढ्न आग्रह गरिन् ।

सन् २०१८ अगष्टमा जिम्वावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिता (आइसिसी)मा नेपाली क्रिकेट टोलीलाई एकदिवसीय मान्यता प्राप्त भएको थियो । सो छनोट प्रतियोगितामा एक दिवसीय खेलमा नेदरल्याण्ड्ससँग एक खेल जीतसँगै बराबरी गरी क्रिकेट टोली नेपाल फर्किसकेकोे छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top