खोटाङमा गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त

२२ कात्तिक ७७, आइतबार

२३ कार्तिक, खोटाङ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ ।

गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो ।

एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञापन गरेर दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम दिनसम्ममा प्रहरी हवल्दारका लागि सात र प्रहरी जवानका लागि ४७ जनाको दरखास्त परेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिका हवल्दार र प्रहरीको अन्य चरणका छनोट प्रक्रियाका लागि अर्को सूचना आह्वान गरिने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । गाउँपालिकाको शान्ति, सुरक्षा एवं दैनिक कार्यसम्पादनका क्रममा सहयोगीका रूपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी ९करार० गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो ।

सात वडा रहेको गाउँपालिकामा गाउँपालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालिएको जनाइएको छ । गाउँप्रहरी हवल्दारका लागि एसइई वा सोसरह उत्तीर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला र पुरुषबाट दरखास्त आह्वान गरिएको छ ।

Advertisement

हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ । उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र शारीरिकरूपमा स्वस्थ हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

गाउँप्रहरीसँगै चार अहेव (सहायक चौथो) र तीन अनमी (सहायक चौथो) नियुक्तिका लागि समेत दरखास्त आह्वान गरेको थियो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिकाले गत वर्ष नै तीन जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया शुरु गर्ने तयारी गरिरहेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको नगरपालिकामा नगर प्रहरी भर्नाका लागि नगरसभाबाटै नीति पारित गरिएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

सम्बन्धित समाचार

Scroll to Top