खोप वाचा अन्योलमै

२५ जेठ, काठमाडौं ।

विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।

ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ ।

Advertisement

खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।

उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रा ? उपलब्ध गराउने निचोड दिएका छैनन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत ‘खोप उपलब्ध गराउन’ आग्रह गरेकी थिइन् । भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन उनले पत्राचार गरिसकेकी छन् ।

तीमध्ये भारत सरकारले भने तत्काल कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने प्रस्ट पारिसकेको छ । जबकि स्वास्थ्य मन्त्रालयले भारतलाई १० लाख मात्रा खरिदका लागि रकमसमेत उपलब्ध गराइसकेको छ ।

त्यस्तै, अमेरिकाले नेपाललगायतका देशलाई ‘कोभ्याक्स फ्यासिलिटी’मार्फत खोप उपलब्ध गराउने भने पनि ‘ कहिलेसम्म नेपाल आइपुग्ने ? अन्योल कायमै छ । नेपाल सरकारले चीनसँग पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top