खोलाले बगाएर एक जनाको मृत्यु

0SHARES

३१ भाद्र २०७७ नेपाल टाईम्स

३१ भदौ, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका-७ की ६० बर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर मृत्यु भएको छ ।

बुधवार राती ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

विज्ञापन बक्स