गएको हप्ता विदेशमा थप ९६३ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

१६ कात्तिक, काठमाडौं । गएको हप्ता विदेशमा कार्यरत थप ९६३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा कार्यरत नेपाली रहेका छन् ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गएको हप्ता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो । थप नेपालीमा सङ्क्रमण पुष्टि भए पनि गएको हप्ता कोही पनि नेपालीको विदेशमा कोरोनाको कारण ज्यान गएको छैन ।

Advertisement

अहिलेसम्म विदेशमा ४२ देशमा रहेका ४३ हजार ५६९ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित नेपाली मध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत निको भएको स्वास्थ्य समितिले जनाएको छ ।

अहिलेसम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top