NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

गणतन्त्र स्मारक अझै भएन सञ्चालन

सोमवार कार्तिक २५ , २०७६
Reading Time: 1 min read
A A
गणतन्त्र स्मारक अझै भएन सञ्चालन

u0ftGq :df/s sf7df8f}Fsf] gf/fo0flx6L b/af/ ;+u|xfno kl/;/df lgdf{0f ul/Psf] u0ftGq :df/s . tl:a/ M /Tg >]i7, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ कात्तिक, काठमाडौँ । 

उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गरेकी थिइन् । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलनसहित राष्ट्रिय सङ्ग्रहालयको घोषणा गरेका थिए ।

त्यसअघि भवनको मूल खम्बामा राजाको विशेष झण्डा फहराइन्थ्यो । विसं २०६५ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरेका थिए । सङ्ग्रहालयले ७५३ र दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।

LS Auto

सङ्ग्रहालयको जग्गामा शहरी विकास तथा भवन निर्माण विभागले स्मारक निर्माण गरेको हो । स्मारक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हस्तान्तरण गरेपछि सञ्चालनमा आउने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । गत साताको मन्त्रिपरिषद्ले स्मारक हस्तान्तरणसम्बन्धी निर्णय गरेको जानकारी आफूले पाएको उनले सुनाए ।

लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा बनेका छन् । राणाशासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका ज्युँदा शहीदका नाममा सम्झनास्वरूप खम्बा निर्माण गरिएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण भएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।

‘जनआन्दोलनका शहीदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरीको पनि निर्माण गरिएको छ, स्मारकमा अण्डाकार संरचना बनेको छ, जहाँ रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ’, इञ्जिनीयर महर्जनले भने।

स्मारकमा ‘शहीदको रगत खेर जानेछैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राखिएको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ ।

यसअघि नारायणहिटी दरबार क्षेत्रमा २.१ मिटर मात्र चौडाइ रहेको इच्छुमती (टुकुचा) लाई स्मारक निर्माणका क्रममा ४.२ मिटर चौडाइमा विस्तार गरिएको छ । दरबारकी कुनै रानीले इच्छाएर नारायणहिटीभित्र ल्याइएकाले यसको नाम इच्छुमती राखिएको भनाइ छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने वरिष्ठ डिभिजनल इञ्जिनीयर महर्जनले बताए ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले खेलेको भूमिकाका विभिन्न तस्बिर र कलाकृतिलगायत सामग्री राख्न नेपाल कला परिषद्लाई जिम्मेवारी दिइएको छ ।

स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि शहीदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता प¥यो भन्ने देखाउँछ ।

हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिएको छ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भूभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले शहीदका चार स्मारकलाई उज्यालो बनाउँछ ।

किरणका माध्यमबाट शहीद, बेपत्ता र अङ्गभङ्ग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतीकात्मक अर्थ दिनेछ । विसं ०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण पाँच वर्ष ढिला भएको विभागले जनाएको छ ।

रु ३५ करोडमा सम्झौता भए पनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोई÷स्काई÷बङ्गलामुखी जेभीका रोशन श्रेष्ठले बताए । केही आन्तरिक साजसज्जाको काम अझै बाँकी रहेको उहाँको भनाइ थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय घुम्न आउने पर्यटकले स्मारक क्षेत्र पनि हेर्न चाहन्छन् । तर हस्तान्तरण नभएकाले त्यो इच्छा पूरा हुन सकेको छैन । दरबारको उत्तरपूर्वी कुनामा स्मारक बनेको देखिए पनि हेर्न नपाइएको अवलोकनका लागि दरबार आएका रामकृष्ण बानियाँले गुनासो गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ मन्त्रिपरिषद्ले नारायणहिटी सङ्ग्रहालय तथा गणतन्त्र स्मारक समिति गठन गर्ने निर्णय गरेकाले त्यसैअनुसार सञ्चालनमा आउने बताउँछन् । त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएपछि स्मारक सञ्चालन एवं व्यवस्थापन हुने मन्त्रालयले जनाएको छ । यसै साता नेपाल राजपत्रमा सूचना प्रकाशन हुनेछ ।रासस

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.