गण्डकीको प्रदेश सभा बैठक आज, मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन

२६ जेठ ७८, बिहीबार

२७ जेठ, काठमाडौं ।

गण्डकी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

आज सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गण्डकीमा ६० जना प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतको लागि ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।

कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन् ।

चार वटै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । तर राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भने पार्टीको निर्णय नमान्ने बताइसक्नुभएको छ ।

जनमोर्चाका एक जना सदस्यले साथ नदिए पनि स्वतन्त्र सदस्य राजीव गुरुङले विपक्षी गठबन्धनलाई समर्थन गरेमा एमालेबाहेकको सरकार गठनको सम्भावना रहेको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top