गण्डकीमा विपक्षी गठबन्धनको सरकार नबन्ने संकेत, फेरि मुख्यमन्त्री बन्लान् गुरुङ ?

२८ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बनाउन राष्ट्रिय जनमोर्चाका एक सांसदले साथ नदिने भएका छन् ।

जनमोर्चा संसदीय दलका नेतासमेत रहेका सांसद कृष्ण थापा विपक्षी गठबन्धनलाई नसघाउने पक्षमा उभिएको एक नेताले जानकारी दिए ।

उनी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा सहमत देखिएका छैनन्। थापाले मुख्यमन्त्रीमा नेपालीलाई चयन गर्ने दाबी पत्रमा हस्ताक्षर गर्न मंगलबार अपरान्हसम्म मानेका छैनन्।

Advertisement

वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको समय दिएकी छन् ।

नेपालीको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए ।

Advertisement

गण्डकी प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ गरी ६० सदस्य छन्।

जनमोर्चाका ३ सांसदमध्ये खिमबिक्रम शाही र पियारी थापाले भने नेपालीलाई मुख्यमन्त्री बनाउने दाबी पत्रमा हस्ताक्षर गरिसकेका छन्।

गण्डकी प्रदेशमा मुख्यमन्त्री चयन गर्न आवश्यक बहुमत ३१ पु¥याउन जनमोर्चाका ३ नै जना सांसदको समर्थन आवश्यक पर्छ।

बुधबारसम्म पनि जनमोर्चा नेता थापाले कांग्रेस नेतृत्वलाई समर्थन गरेनन् भने ठूलो दलका नेताका हैसियतले मुख्यमन्त्रीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नै फेरि नियुक्त हुनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top